Logo

बर्दियामा एकैदिन दम्पतीसहित १८ जनामा कोरोना संक्रमण



प्युठान, २६ जेठ : राजापुर– बर्दियामा आज एकैदिन १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नगरपालिका मधुवन र बारबर्दियाका दुईदुई, ठाकुरबाबाका तीन र बाँसगढीका नौ गरी १८ कोरोना सङ्क्रमित थपिएका छन् । बारबर्दियामा पहिलो पटक कोरोना सङ्क्रमित हुने श्रीमान् र श्रीमती भएको बताइएको छ । बारबर्दिया –७ रम्मापुरका ३४ वर्षीय र ३३ वर्षीया दम्पतीमा कोरोना सङ्क्रमण पुष्टि भएको नगर प्रमुख दुर्गाबहादुर थारुले बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशको गौरीफन्टा नाकाबाट उनीहरु १६ दिनअघि भारतको राजस्थानबाट घर फर्केका थिए । उनीहरुलाई क्वारेन्टिनमा राखिएको थियो । कोरोना परीक्षण गरेर घर फर्काउने बेलामा रिपोर्ट पोजेटिभ आएको थियो । सङक्रमित दम्पतीलाई जयनगरस्थित आइसोलेशनमा राखिने नगर प्रमुख थारुले जानकारी दिनुभयो ।रासस File photo



प्रतिक्रिया दिनुहोस्