Logo

रुसी नौसेना मिसाइल क्रुजरले दो जहाजमाथि अभ्यास गर्ने



एजेन्सी २८ जेठ । रुसी नौसेना मिसाइल क्रुजर मार्सल उसटिनोभलाई ब्यारेन्ट सी (समून्द्र)मा तैनाथ गरिएको छ । क्रुजरले कल्पित दुश्मनको जहाजहरुका सतहमा र केही एंटी पनडुब्बी युद्वका अभियानहरु अभ्यास गर्ने भएको छ । क्रुजरलाई समूद्रमा तैनाथ गर्न दूई माइनस्वीपिङ समूहको व्यवस्था गरिएको छ ।

उक्त अभ्यास ब्यारेन्ट सीमा फ्रेन्च नेभी गाइडेड मिसाइल फ्रिगेट संग गर्ने जनाइएको छ । उक्त फ्रेन्स क्रुजलाई उक्त क्षेत्रमा जुन ५ मा तैनाथ गरिएको थियो । १६ वटा लन्चर, एयर डिफेन्स मिसाइल, आर्टिलेरि सिस्टम र एंटी पनडुब्बीहरु जडान गरिएको उच्चतम प्रविधिद्वारा निर्मित मिसाइल क्रुजर हो ।



प्रतिक्रिया दिनुहोस्