Logo

रुसले आणविक शक्तिले भरिएको पनडुब्बी चलाउने



एजेन्सी, ३० जेठ । रुसी जल सेनालाई अझ मजबुत बनाउन अणविक पनडब्बीलाई रुसी नौसेनाले थप गरी सञ्चालनमा ल्याउने भएको छ । प्रिन्स भ्लादिमीर नाम राखिएको अणवीक पनडुब्बीलाई रुसी जल सेनाले जुन १२ देखि प्रयोगमा ल्याउने रुसी रक्षा मन्त्रालयले जनाएको हो ।

सेवेरोन्स्कमा रहेको सेभमाश सिपयार्डमा प्रिन्स भ्लादिमीरलाई राख्ने तयारी रक्षा मन्त्रालयको रहेको छ । पनडुब्बीले आफ्नो परिक्षणहरु सन् २०१९ मा सफलतावूर्वक समाप्त गरेको थियो । रुसी नेभी जल सेनाको यो चौयो जेनेरेशनको पनडुब्बी रहको जनाइएको छ। पनडुब्बीले १६ वटा वुलाभा ब्लालिस्टिक मिसाइल बोक्ने क्षमता रहेको छ । उच्च प्रविधिले निर्मित प्रिन्स भ्लादिमीले लामो दरीमा दुश्मनलाई समेत पत्ता लगाउन सक्ने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्