काठमाडौं, ३२ जेठ । आफूलाई नेपालको खलाँसी भन्न रुचाउने लक्ष्मणसिंह खड्काले भोलि असार १ गते नेपाल आमाको जन्मदिन मनाउने स्पष्ट पारेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर उनले भोलि नेपाल आमाको जन्मदिन काठमाडौंको सहिदगेटमा मनाउने जनाए । खड्काले आफूले विगत तीन वर्षदेखि असार १ गतेकै दिन राष्ट्रिय दिवस मनाउँदै आएको पनि जनाए ।
उनले नेपालीहरुले आफ्नो जन्मदिन मनाउने गरेको तर नेपाल आमाको जन्मदिन नमनाएकोले आफूले आजभन्दा तीन वर्ष अघिदेखि राष्ट्रिय दिवस मनाउँदै आएको र भोलि सामान्य चियापानको कार्यक्रमसमेत आयोजना गरिएको जनाए । उनले आफ्नी आमाभन्दा नेपाल आमा ठूलो भएको स्पष्ट पारे । हेरौं भिडिओ :