Logo

सुर्यको नजिक पुग्दै सोलार ओर्बिटर (सोलो)



एजेन्सी १ असार । यूरोपेली सुर्य मिशन अन्तरगत रहेको सोलार ओर्बिटर (सोलो) सुर्यको नजिक पुगेको छ । युरोपियन स्पेस एजेन्सी द्वारा निर्मित सोलोे सोमबार सूर्यको नजिक पुगेको हो । सुर्यको करिब सात सय ७० लाख किमी मात्र टाडा रहेर सोलो परिक्रमा गरिरहेको छ । यही फेब्रुअरीमा यूरोपेली सुर्य मिशन अन्तर्गतको सोलार ओर्बिटर (सोलो) ले यात्रा सुरु गरेको थियो । सोलो पुगेको ठाँउको नाम पेरिजेलियन रहेको जनाइएको छ ।

उक्त क्षेत्र बुध र शुक्र ग्रहको बीचमा रहेको वैज्ञानिकहरुले जनाएका छन् । आगामी आउने समयमा सोलो सूर्य भन्दा ४ सय ३० लाखको किमी मात्र टाडा हुने जनाइएको छ । चार मअिनाको यात्रालाई निरन्तरता दिन वैज्ञानिकहरुको ठूलो प्रयास गरेको जनाइएको छ । सोला अहिले सम्म राम्ररी काम गरिरहेको जनाइएको छ।Photo Source : CNN



प्रतिक्रिया दिनुहोस्