Logo

क्वारेन्टाइनमा आत्महत्या गरेका पुरुषमा कोरोना संक्रमण



अर्घाखाँची, ३ असार । उनी जिल्लाको क्वारेन्टाइनमा बसेका थिए । कोरोना भाइरसको आरडिटी टेष्टमा पोजेटिभ नतिजा आएपछि गएराति आत्महत्या गरे ।

क्वारेन्टाइन नजिकैको रुपमा तन्नाको डोरी बनाई झुण्डिएको अवस्थामा भेटिएका थिए । त्यसपछि उनको पोष्टमार्टम अघि स्वाब परीक्षण गरियो । आज उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

ती हुन् अर्घाखाँचीको शीतगङ्गाको क्वारेन्टाइनमा झुण्डिएर आत्महत्या गरेका ४५ वर्षका पुरुष । उनको प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो ।

शीतगङ्गा नगरपालिका९ ५,गल्दाका उनको आजै शव व्यवस्थापन गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्