रिपोर्टर्स नेपाल, १३ असार । नेपाल कम्युनिस्ट पार्टीभित्र प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिएको विषय भारतको मिडियामा प्राथमिक खबर बनेको छ । आज टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले ‘ओलीले विद्रोहको सामना गरेकोलाई भारतले नियालिरहेको’ शिर्षकमा मुख्य समाचार बनाएको छ ।
टाइम्स अफ इन्डियाले नेपालको मिडिया रिपोर्ट भन्दै ओलीले पार्टीभित्र राजीनामा मागिएपछि चुनौती झेलिरहेको लेखेको छ । यसअघि रिपोर्टर्स नेपालले बालुवाटार बैठकमा प्रचण्डले ओलीको राजीनामा मागेको खुलासा गरेको थियो । (हेर्नुहोस्ः प्रचण्डले ओलीलाई बालुवाटार बैठकमै सत्ता छाड्न भनेपछि…)
चीनले नेपाली भुमि अतिक्रमण गरेको र नेपालको परराष्ट्र मन्त्रालयले उक्त खबरको खण्डन गरेको विषयलाई भारतले नजिकबाट नियालिरहेको समेत लेखेको छ ।
नेकपा स्थायी कमिटि बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डबीच आरोप प्रत्यारोप भएको विषय पनि उल्लेख गरेको छ । ओलीले सत्तामा टिक्न अनेकन विवादास्पद कदम चालिरहेको समाचारमा उल्लेख छ । प्रचण्डले पार्टी बैठकमा सेनाको सहयोगमा सत्ता टिकाउने र पार्टी फुटाउने सम्भावना नभएको समेत बोलेको भनिएको छ ।
प्रचण्ड भारतप्रति त्यतिसारो मित्रवत नभएपनि ओलीले जतिको भारतको चासोलाई ओलीले जति बेवास्ता नगरेको टाइम्स अफ इन्डियाले लेखेको छ ।