Logo

दैलेखको पिसिआर मेसिन सञ्चालनमा



दैलेख, १५ असार । सात जनाको स्वाब सङ्कलन गरेर पिसिआर मेसिनको औपचारिक परीक्षण शुरु गरिएको छ । दैलेखका राजनीतिक दल, नागरिक समाज, पत्रकार, उद्योगीव्यवसायीको प्रतिनिधिमूलक रुपमा स्वाब सङ्कलन गरिएको हो ।

भेरी अञ्चल अस्पताल नेपालगञ्जका निर्देशक डा प्रकाश थापाले परीक्षणको स्थलगत अध्ययनसमेत गरेका छन्। आजदेखि नियमित रुपमा पिसिआरबाट कोरोना परीक्षण गरिने स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा निरञ्जन पन्तले जानकारी दिए । दैलेखमा ७३२ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना देखिएकामध्ये १६ दिनसम्म आइसोलेशन अस्पतालमा बसेर कुनै पनि लक्षण नदेखिएपछि आधाभन्दा बढी घर फिर्ता भइसकेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्