Logo

वन अधिकृतलाई फसाउन खोज्दा अख्तियारको फन्दामा



काठमाडौ, १७ असार । वन अधिकृत भक्त बहादुर लामालाई फसाउन खोज्दा कमल बहादुर शाहीमाथी ४ लाख भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको छ ।

वादी नेपाल सरकार प्रतिवादी तत्कालीन डिभिजन वन कार्यालय वीरेन्द्रनगर सुर्खेत र डिभिजन वन कार्यालय वावियाचौर, सुर्खेतका कार्यालय प्रमुख डिभिजन वन अधिकृत लामाले ४ लाख घुस मागेको गरेको हुँदा कारवाही गरीपाउँ भनी कोहलपुर बाँकेका कमल बहादुर शाहीले दिएको लिखित उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरेको थियो ।

वादी पक्षका साक्षीका रुपमा पेश गरिएका निवेदक शाहीले वकपत्र गर्दा निवेदनको व्यहोरा र अनुसन्धानको क्रममा गरेको कागजको व्यहोरालाई अन्यथा हुने गरी अदालतमा प्रतिकूल वकपत्र गरी असहयोग गरेको अनुसन्धानबाट पुष्टि भएकोले शाहीलाई कानुन अनुसार कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरेको अख्तियारका प्रवक्ता प्रदिपकुमार कोइरालाले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot