Logo

आज ठुलो संख्यामा कोरोना संक्रमित थपिए, कुल संक्रमित १६ हजार नाघ्यो



काठमाडौं, २२ असार । आज ठुलो संख्यामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या साँढे १६ हजार नाघेको छ ।

यसको औपचारिक जानकारी सवा चार बजे स्वास्थ्य मन्त्रालयले नियमित प्रेस ब्रिफिङमार्फत् दिनेछ । यसअघि हिजो कुल संक्रमित संख्या साढे १५ हजार नाघेको थियो । हिजो कुल २ सय ९३ नयाँ संक्रमित थपिएका थिए । विगतमा एकै दिनमा ७ सय ४० सम्म पुगेको संक्रमितको सख्या केहि दिनयता देखि संक्रमितको सख्या घट्दै आएको छ ।

यसैगरी कोरोना भाइरसको संक्रमणबाट हालसम्म ३४ जनाको मृत्यु भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्