काठमाडौं, असार २५ । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ५ लाख ५१ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण विश्वभर बुधबार विहानसम्म ज्यान गुमाउनेको संख्या पाँच लाख ५१ हजार नौ सय ७४ पुगेको जनाएको छ ।
त्यस्तै विश्वभर कोरोना संक्रमितको संख्या एक करोड २१ लाख ६२ हजार ६ सय २० पुगेको छ । हालसम्म विश्वभर ७० लाख २९ हजार चार सय ६९ जनाले कोरोना जितेका छन् ।
कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा अमेरिका पहिलो नम्बरमा छ । दोस्रोमा ब्राजिल, तेस्रोमा भारत, चौथोमा रसिया र पाँचौमा पेरुमा सबैभन्दा धेरै संक्रमित देखिएका छन् ।
अमेरिकामा सोमबारसम्म एक लाख ३४ हजार आठ सय ६२ मानिसले ज्यान गुमाइसकेका छन ।त्यस्तै, ब्राजिलमा ६८ हजार ५५, भारतमा २१ हजार एक सय ४४,रसियामा १० हजार ६ सय ६७ र पेरुमा ११ हजार एक सय ३३ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाई सकेका छन् ।चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।