Logo

को हुन् इन्काउन्टरमा मारिएका ग्याङस्टर विकास दुबे



एजेन्सी, २६ असार । ग्याङस्टर विकास दुबे भारतको उत्तर प्रदेशका कुख्यात अपराधीका रुपमा परिचित थिए । दुवेमाथि हत्या, अपहरण, दंगा फसाद, धम्कीलगायत करिब ६० वटा मुद्दाहरु चलिरहेको थियो ।सन् २००१ मा राज्यका मन्त्रीलाई प्रहरी चौकी भित्र मारेको आरोप समेत दुबेमाथि लागेको थियो । उनलाई अुनसन्धानको क्रममा प्रहरीले हिरासतमा रखेको थिए । तर, उनलाई तुरुन्तै रिहा गरिएको थियो ।

दुबेमाथि परेको उजुरीहरु अगाडि बढ्दैनथियो । उनको राजनितिक व्यक्तिहरुसंग राम्रोे सम्बन्ध रहेको थियो । त्यसकारण उनलाई समात्न भने मुश्किल हुने गर्दथ्यो । २४ घण्टै सुरक्षाका लागी उनको वरिपरि हतियारसहितको सुरुक्षाकमीहरु हुने गर्दथे ।उत्तर प्रदेशमा उनको अपराध सञ्जाल फैलिइरहेको छ । कानपुरमा उनीबाट मानिसहरु त्रसित हुन्थे । दुवेविरुद्व उजुरी दिने कतिपय मानिसले आफ्नो बयान फेर्ने गर्दे भने कतिपयले अदालतमा उपस्थित हुन अस्वीकार गर्दथे।

सर्वप्रथम उपराधिक गतिविधिको सुरुवात किशोर अवस्थामा हुँदा सन् २००० मा गाउँका केही मानिसलाई हातपात गरेको आरोपमा प्रहरी हिरासतमा लगीएको थियो । पछि उनी स्थातीय नेताद्वारा रिहा गरिए । दुवेविरुद्व कुनै मुद्दा चलाइएको थिएन् । उक्त घटनापश्चात दुवे अन्डरवल्र्डमा आफ्नो पहिचान बनाउँदै उचाई हासिल गर्न थाले । जति मुद्दा दुवेमाथि दर्ता हुँदै गयो दुवे त्यति बलवान बन्दै गए ।

उत्तर प्रदेशमा उनले आफ्ना दबदबा कयम गरिसकेको थिए । दबदबा कायम भएपछि दुबे र उनकी श्रीमती क्षेत्रीय राजनितीमा सक्रिय भए । विधानसभाको सांसद बन्ने इच्छा रहेको उनले एक पत्रकारमार्फत जानकारी गराएका थिए ।



प्रतिक्रिया दिनुहोस्