काठमाडौं, ७ साउन । सरकारले लकडाउन अन्त गर्ने निर्णय गरेसँगै सडकमा जाम देखिन थालेको छ । मुख्य सडकहरुमा यातायातको चाप बढेको छ । मानिसहरुको आवतजावत बाक्लो भएको छ ।
सोमबार मन्त्रिपरिषद्को बैठकले लकडाउनभर लगाइएका कतिपय बन्देज फुकुवा गर्ने निर्णय हिजो सार्वजनिक गरेको थियो । भदौ १ बाट लामो दुरीको सार्वजनिक सवारी साधन, विद्यालय भर्ना, हवाई उडान खुल्ला गर्ने निर्णय भएको छ । १५ साउनबाट होटल तथा रेष्टुरेन्ट सञ्चालन गर्ने निर्णय भएको छ ।
सरकारको घोषणासँगै आर्थिक तथा सामाजिक गतिविधि बढेको छ । मानिसहरु दैनिक काममा सक्रिय हुन थालेका छन् । सडकमा आवतजावत बढेसँगै जनजीवन विस्तारै सामान्य अवस्थामा फर्कने आशा व्यक्त गरिएको छ ।