Logo

बाढी/पहिरो पिडीतहरुको खोज, उद्धार तथा राहत कार्यमा नेपाली सेना परिचालन



काठमाडौं, ८ साउन । विगत केहि दिनदेखि परिरहेको अविरल वर्षाको कारण देशका विभिन्न स्थानहरुमा गएको बाढीरपहिरोबाट प्रभावित स्थानहरुमा नेपाली सेनाले खोज तथा उद्धारका जनशक्ति र श्रोत साधन परिचालिन गरि खोज उद्धार तथा राहत वितरण कार्यलाई जारी राखेको छ । नेपाली सेनाका परिचालित फौजहरुले अस्थायी तटबन्ध निर्माण, अस्थायी पुल निर्माण, अवरुद्ध भएका सडकहरु सुचारु गर्ने र जोखिममा रहेका स्थानीयहरुको रवरबोट समेतको प्रयोग गरि सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य गरिरहेको सेनाले जनाएको छ ।

सेनाले जारी गरेको विज्ञप्तीमा भनिएको छ, यसै क्रममा झापा, तनहुँ, गोरखा, ललितपुर र रुपन्देही जिल्लाका विभिन्न स्थानहरुमा बाढी तथा पहिरोका कारण खतरामा रहेका स्थानीयहरुको उद्दार गरि सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । यसैगरि झापा, चितवन र भक्तपुर जिल्लाका विभिन्न स्थानहरुमा स्थानीय बासिन्दाको सहयोगमा अस्थायी तटबन्ध निर्माण गरि बाढी तथा पहिरोबाट हुनसक्ने जोखिमको न्यूनिकरण गरिएको छ । रसुवा, पर्वत, तनहुँ, पाल्पा, मनाङ्ग र काठमाडौं जिल्लाका विभिन्न स्थानहरुमा अवरुद्ध सडक सुचारु गर्ने कार्य गरिएको छ । साथै दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिकामा गएको पहिरोमा परि घाईते भएका २ ९दुई० जनालाई उपचारको लागि नेपाली सेनाको हेलिकप्टरद्वारा उद्धार गरि नेपालगन्ज पुर्‍याईएको छ ।

प्राकृतिक प्रकोपबाट पिडित व्यक्तिहरुको खोज तथा उद्धार कार्यमा नेपाली सेनाका जनशक्ति तथा श्रोत साधनहरु अनवरत रुपमा खट्टिरहेको जानकारी गराउँदै तत्काल उद्धार तथा राहतको लागि काठमाण्डौ, ईटहरी, भरतपुर र सुर्खेतमा नेपाली सेनाका हेलिकोप्टरहरु स्ट्याण्डबाईमा राखिएको पनि सेनाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्