Logo

बङ्गलादेशमा चीनले विकास गरिरहेको कोरोना भ्याक्सिनको परिक्षणको पहल



एजेन्सी, ९ साउन । बांगलादेशका लागी चिनियाँ राजदूत ली जिमीङले चिनियाँ कम्पनी सिनाभ्याकद्वारा निर्मित कोरोना भ्याक्सिनको तेस्रो परिक्षणमा स्वयंसेवकको रुपमा आफू कोरोना भ्याक्सिन प्रयोग गर्ने जनाएका छन् । बङ्गलादेश सरकारले उक्त भ्याक्सिनलाई पूर्णरुपमा मान्यता नदएपनि प्रारम्भीक चराण्को परिक्षण गर्न अनुमति दिएको बांगलादेशमा रहेको चिनियाँ राजदूतावासले ग्लोबल टाइम्सलाई जनाएको छ ।

बेजिङस्थित सिनोभ्याकद्वारा निर्मित भ्याक्सिनको तेस्रो चरणको प्रारम्भीक परिक्षण गर्न बङ्गलादेशले स्वीकृती दिइसकेको कम्पनीले समेत सार्वजनिक गरिसेको छ । बङ्गलादेश ड्रग एडमिनिस्ट्रेशनले आधिकारिक रुपमा सिनोभ्याकलाई एक साता भित्र मान्यता दिने र परिक्षणको कार्यलाई अगस्त महिनाभित्र संचालन गर्ने जनाइएको छ । चिनिया राजदूत संगै चिनियाँ राजदूमा रहेका मिशन प्रमुख यांग हुवालंगले समेत परिक्षणका लागी तयार रहेको बांगलादेशी सञ्चार माध्यमलाई जनाएका छन् ।

ब्राजिलमा सिनोभ्याकको तेस्रो चरणको परिक्षण मंगलबारदेखि सुरु भएको छ । सिनोभ्याद्वारा निर्मित कोरोना विरुद्वको भ्याक्सिन सम्पूर्ण भ्याक्सिन मध्ये आशावादी रहेको सायो पायलोको गर्भनरले ट्वीटमार्फत जानकारी दिए ।Photo Source : Global Times



प्रतिक्रिया दिनुहोस्