Logo

एसिड आतंक कहिलेसम्म ? पीडित भन्छन्–अपराधीलाई कडा कारबाही होस्



साउन ९, काठमाण्डौ । पछिल्लो समय नेपालमा एसिड आक्रमणका घटना दाहोरिन थालेका छन् । अहिलेसम्म भएका एसिड आक्रमणका घटना विश्लेषण गर्ने हो भने एसिड आक्रमणको निशानामा किशोरी, युवती तथा महिला पर्ने गरेका छन् । एसिड आक्रमणको सिकार हुनेहरुको जिन्दगी नै कष्टकर हुने गरेको छ । पीडित पक्षहरुले अपराधीलाई कडाभन्दा कडा कारबाहीको कानुन बनाउन माग गर्दै आएका छन् ।

यिनि हुन बिहीबार साँझ ७ः३० बजे सीतापाइलामा एसिड प्रहार भएकी २२ वर्षीया पवित्रा कार्की । उनको अहिले कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालको बर्न सेन्टरमा उपचार भइरहेको छ । उनको दायाँ भागको कपाल, गाला र घाँटीको केही भागमा एसिड परेको छ ।

यसरी एसिड प्रहारमा संलग्नलाई कडा भन्दा कडा कारबाही हुनु पर्ने कार्कीकी आफन्त गंगा भट्टराईको माग छ ।

पवित्रा कार्कीकी आफन्त गंगा भट्टराई

घटनामा संलग्न रहेको अभियोगमा रौतहटको लक्ष्मीपुर घर भइ हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमा कालीगढको काम गर्ने मुन्ना मोहम्मद पक्राउ परेका छन् । उनीहरुमाथि प्रहरीले कानुनी कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

यसरी एक पछि अर्को गर्दै एसिड प्रहारको घट्ना घटिरहेको छ । पबित्रा कार्की त यस घतनाको प्रतिनिधि पात्र मात्र हुन । गत बर्ष जेष्ठ १ गते आफ्नै श्रीमानले एसिड प्रहार गरेपछि घाईते भएकी दोलखाकी जेनि खड्का सरकारले कडा कानुन नबनाएको कारण बारम्बार यस्ता घटना हुने गरेको बताउँछिन् ।

एसिड प्रहार बाट नै घाईते भएकी अर्की पिडित मुस्कान खातुन कानुन फितलो भएकै कारण महिलाहरुलाई स्वतन्त्र भएर बाँच्ने अधिकार नभएको बताउँछिन् । एसिड प्रहारका घटना बारम्बार दोहोरिदा महिलाहरु समाजमा सुरक्षित हुन नसकेको उनको गुनासो छ ।

यसअघि पनि पटक पटक एसिड प्रहारका घटनाहरु हुने गरेका थिए । १० फागुन २०७१ मा काठमाडौंको बसन्तपुरमा २ किशोरीमाथि एसिड आक्रमण भयो । डेरा नजिकै ट्यूसन पढ्न गएका संगीता मगर र सीमा बस्नेतमाथि एसिड प्रहार गर्ने युवक जीवन विक अहिले जेलमा छन् । पछिल्लो समयमा महिला हिंसाको लागी हतियारको रुपमा एसिडको प्रयोग भएको पाइन्छ । तसर्थ यस्तो अपराधमा संलग्नलाई कडाभन्दा कडा कारबाहीको व्यवस्था गर्नु जरुरी देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्