काठमाडौं, साउन ९। कोरोना भाइरस संक्रमणको कारण विश्वभर ६ लाख ४२ हजार ६ सय ८८ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले शनिबार जारी गरेको तथ्याङक अनुसार विश्वभरीमा एक करोड ५९ लाख ४० हजार तीन सय ७९ जना कोरोना संक्रमित फेला परेका छन। संक्रमित मध्ये हालसम्म ९७ लाख २३ हजार नौ सय ४९जना कोरोना मुक्त भएका छन्।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ। डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र एक लाख ४८ हजार चार सय ९० जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् ।
त्यस्तै,ब्राजिलमा ८५ हजार तीन सय ८५, भारतमा ३१ हजार चार सय ६, रसियामा १३ हजार
४६, मेक्सिकोमा ४२ हजार ६ सय ४५ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ ।