Logo

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, एकैदिन ५०० रुपैयाँले बढ्यो



काठमाडौँ ११ साउन: सुनको मूल्यले आज (आइतबार) पनि नयाँ रेकर्ड कायम गरेको छ। सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ। आज छापावाला सुन प्रतितोला ९६ हजार ३०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९५ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

शुक्रबार सुनको मूल्य एक हजार ३०० रुपैयँले बढेर छापावाला सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९५ हजार ३६५ रुपैयाँ कारोबार भएको थियो।

त्यस्तैगरी, चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार १५५ रुपैयाँ पुगेको छ ।-File photo



प्रतिक्रिया दिनुहोस्