Logo

१३० कोरोना संक्रमित थपिए, काठमाडौमा ८ जना



काठमाडौं, ११ साउन । नेपालमा कोरोना भाइरसका आज १ सय ३० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १८ हजार ६ सय १३ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म १३ हजार १ सय २८ जना संक्रमणमुक्त भएका छन् । आज ७५ जना संक्रमणमुक्त भएको डा. गौतमले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्