माकुरा निकै मिहेनती र चलाख जीव हो । यसले शुरुमा यति धेरै मिहेनत गरेर जालो बुन्छ कि हजार पटक खसेपनि धैर्यता गुमाउँदैन । जब जालो पुरा हुन्छ तब यसले बसी बसी शिकार समात्नसक्छ । माकुराको छ वटा विशेष खुबी हुन्छ जुन तल उल्लेखित छ ।
- माकुरासँग डिजाइनको चेतना हुन्छ
- माकुराको जालोले शिकारलाई समात्ने या रोक्ने गर्दैन, यसले शिकारलाई आकर्षित गर्छ
- माकुराको जालो विशेष कारणले चम्किलो हुन्छ
- माकुरा चतुर र क्रुर हुन्छ
- माकुराले ठुलै सोच्छ
- माकुराले हरेक दिन जालो फेर्छ