काठमाडौं, १३ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा स्थायी कमिटी बैठक स्थगित् गरेकोमा आपत्ति जनाएका छन् । बैठक बस्नुभन्दा आधा घण्टा अघिमात्रै ओलीको सचिवालयले आजको बैठक स्थगित् भएको सन्देश प्रवाह गरेपछि दाहाल ओलीसँग आक्रोशित बनेका हुन् ।
नेकपा स्थायी कमिटी बैठक बस्दै नबसी स्थगन्
दाहाल बैठकको लागि भनेर खुमलटारबाट बालुवाटार गइसकेका छन् । प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि आफूहरु बैठक कक्षमै रहेको जनाएका छन् । आजको बैठकमा भाग लिन दाहाल र बरिष्ठ नेता माधव कुमार नेपाल समूहका सदस्यहरु बालुवाटार पुगिसकेका छन् । बैठक कक्षमा पुग्ने सदस्यहरुमा नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा, मातृका यादवलगायत छन् । File Photo