Logo

अब प्रत्येक सिम कार्ड र रिचार्जमा २ प्रतिशत कर



काठमाडौं, साउन १४ । अब मोबाइल प्रयोगकर्ताले प्रत्येक रिचार्ज र सिम कार्ड किन्दा २ प्रतिशत बढी कर तिर्नुपर्ने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले जेठ १५ मा संसद्मा प्रस्तुत गरेको आर्थिक ऐनमा टेलिफोन स्वामित्व शुल्क शीर्षकमा हरेक सिम कार्ड र रिचार्ड कार्डमा २ प्रतिशत मोबाइल स्वामित्व शुल्क लिने व्यवस्था थियो । नयाँ आर्थिक वर्ष सुरु हुने दिन साउन १ देखि टेलिकम सेवा प्रदायकले यसको कार्यान्वयन सुरु गरेका हुन् ।

नयाँ आर्थिक वर्षदेखि कर बढेको जानकारी दिने गरी नेपाल टेलिकमले आफ्ना सबै ग्राहकलाई एसएमएस गरेपछि सामाजिक सञ्जालमा यसको विरोध भइरहेको छ । दुई वर्षअघिको बजेटमार्फत इन्टरनेटमा १३ प्रतिशत कर बढाएको भनी आलोचित अर्थमन्त्री खतिवडाले यो पटकको बजेटमा रिचार्ज र सिम कार्डमा पनि २ प्रतिशत कर बढाएका हुन् । यसअघि यो शीर्षकको कर ल्यान्डलाइन फोन र पोस्टपेट सिममा एक पटकका लागि ५ सय रुपैयाँ तय गरिएको थियो ।

अब भने उपभोक्ताले जुनसुकै सिम र रिचार्ज कार्ड किन्दा २ प्रतिशत अतिरिक्त महसुल तिर्नुपर्नेछ । पोस्टपेड मोबाइलमा लिँदा स्वामित्व शुल्कबापत एक पटक तिर्नुपर्ने ५ सय रुपैयाँ भने हटेको आजको कान्तिपुर दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्