Logo

कोरोनाले वीपीमा मृत्यु भएका पुरुषको श्रीमतीको रिपोर्ट पनि पोजिटिभ



विराटनगर, १६ साउन । कोरोना भाइरसको संक्रमणको कारण मृत्यु भएका सीमावर्ती मोरङको सुनवर्षी नगरपालिका ८ का ४५ वर्षीय पुरुषकी पत्नीको रिपोर्ट पनि पोजिटिभ आएको छ ।

स्वाब संकलन गरेर कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणपछि बिहीबार पत्नीमा पनि कोरोना संक्रमण पुष्टि भएको हो । अस्पतालका सुपरिटेन्डेन डा। चुमनलाल दासले कोरोना संक्रमणबाट मृत्यु भएका पुरुषकी ३२ वर्षीया श्रीमतीको पनि रिपोर्ट पोजिटिभ आएको जानकारी दिए । उनकाअनुसार संक्रमित महिलालाई कोशी अस्पताल कोभिड(१९ उपचार केन्द्रमा भर्ना गरिएको छ ।

डा. दासकाअनुसार बिरामी श्रीमानलाई लिएर सोमबार ती महिला उपचारका लागि विराटनगर आएकी थिइन् । कोरोनासँग मिल्ने लक्षण देखिएपछि पुरुषको तत्कालै स्वाब संकलन गरेर परीक्षण गर्दा मंगलबार रिपोर्ट पोजिटिभ आएको थियो ।

पोजिटिभ रिपोर्ट आउनसाथ श्रीमानलाई कोभिड अस्पताल भर्ना गरेर तत्काल श्रीमतीको पनि परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिएको थियो, दासले भने, कोरोनाकै कारण बुधबार श्रीमानको मृत्यु भइएपछि भोलिपल्ट श्रीमतीको पनि नतिजा पोजिटिभ आयो ।

यसैबीच पुरुषको कोरोनाले मृत्यु भएसँगै सुनवर्षी ८ बिहीबारदेखि तीन दिनका लागि सिल गरिएको छ । थप उपचारका लागि पुर्‍याएपछि बुधबार दिउँसो लगभग ४ स्४५ बजे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ती पुरुषको मृत्यु भएको थियो ।

सुरुमा विराटनगरकै कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भर्ना गरिएका उनलाई स्वास्थ्यमा समस्या बढ्दै गएपछि थप उपचारका लागि धरान लगिएको थियो । संक्रमितको मृत्यु भएपछि बुधरबार राती नै सरोकारवालाबीच समन्वय गर्दै सर्वपक्षीय बैठक बसेर वडा सिल गर्ने निर्णय भएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले बताएको समाचार आजको अन्नपुर्ण पोस्टले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्