Logo

कुवेत जान नेपालीलाई प्रतिवन्ध



कुवेतसिटी, १६ साउन । कुवेत सरकारले भोलिदेखि अन्तराष्टिय उडान शुरू गर्ने घोषणा गरेपनि नेपाल लगायतका देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ । कुवेतले भारत, पाकिस्तान, श्रीलका, बगलादेश, इरान तथा फिलिपिन्सका बिमान तथा त्यहाका नागरिकलाई भने प्रवेश नदिने घोषणा गरेको छ  । उसले अन्य देशका बिमान कम्पनी तथा नागरिकलाई भने प्रवेश दिने घोषणा गरेको बीबीसीले जनाएको छ ।

कुवेत सरकारले नेपाली नागरिकलाई प्रवेशमा प्रतिवन्ध लगाएकोमा नेपाल सरकारले अहिले सम्म औपचारिक प्रतिकृया सार्वजनिक गरेको छैन तर भारतले भने कुवेतको उक्त निर्णयलाई लिएर असन्तुष्टि जनाएको छ । भारतीय बिदेश मन्त्रालयले कुवेतको बिदेश मन्त्रालयसग समन्वय गर्ने घोषणा गर्दै उक्त निर्णय फिर्ता लिन कुवेत सरकारलाई आग्रह गरेको छ ।

कुवेतमा काम गर्ने नेपाली तथा अन्य देशका नागरिक अहिले बिचल्लीमा परेका छन । छुट्टिमा आएका नेपाली तथा अन्य देशका नागरिकलाई समेत फर्कन नदिने उसको घोषणाले ती देशका नागरिक बिचल्लीमा परेका खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्