Logo

कोरोना संक्रमण बढेसँगै विराटनगरमा फेरी लकडाउन



विराटनगर, १६ साउन । विराटनगरमा शनिबारदेखि लागु हुने गरी २ हप्ताको लागि पुःन लकडाउन हुने भएको छ । समुदायस्तरमा कोरोना भाइरसको संक्रमण देखिएपछि महानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरस समुदाय स्तरमै बढ्दै गएकोले नगरस्तरीय क्राइसिस म्यानेजमेन्ट सेन्टरको शुक्रबार बसेको बैठकले कोरोना संक्रमण नियन्त्रण र रोकथामको लागि आज राती १२ बजेपछि लकडाउन गर्ने निर्णय गरेको हो ।



प्रतिक्रिया दिनुहोस्