वीरगञ्ज, १७ साउन । वीरगञ्जमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने क्रम जारी छ । शनिबार साँझ ६८ वर्षीया महिलाको संक्रमणबाट मृत्यु भएको छ ।
स्वास्थ्यमा समस्या आएपछि १४ साउनमा ती महिला नारायणी बयोधा अस्पतालमा भर्ना भएकी थिइन । उनको शुक्रबार राति कोरोना संक्रमण मृत्यु पुष्टि भएको थियो ।
स्वास्थ्य अवस्था जटिल भएपछि बयोधाले कोरोना अस्थायी अस्पताल रिफर गरेको थियो । तर, उनको बयोधामा नै निधन भएको थियो ।
यसअघि लगातार चार दिन वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु भइरहेको छ । वीरगञ्जमा हालसम्म ११ जनाको संक्रमणबाट मृत्यु पुष्टि भइसकेको छ ।