Logo

भारतीय प्रधानमन्त्री मोदी दिल्लीबाट अयोध्या प्रस्थान



काठमाडौं, साउन २१ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दिल्लीबाट अयोध्याका लागि प्रस्थान गरेका छन् । उनी भारतीय वायुसेवाको विमानबाट दिल्लीबाट लखनउ उडेका छन् ।

बाबरी मस्जिदका लागि अन्यत्रै जग्गा उपलब्ध गराउने गरी लामो समयदेखिको स्वामित्व विवादलाई अदालतले सल्ट्याइदिएपछि अयोध्यामा राम मन्दिर बन्दै छ । उक्त मन्दिरको शिलान्यासका लागि मोदी अयोध्या आउने भएका हुन् । मोदी अयोध्या आउने भएपछि अवाञ्छित र आतंकी घुसपैठ नहोस् भनेर सीमामा समेत उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

सुरक्षाकै कारण नेपाल–भारत सीमानाकामा एसएसबीका तालिम प्राप्त कुकुरसमेत परिचालन गरी जाँच थालिएको छ भने दसगजा क्षेत्रमा पनि निगरानी बढाइएको छ ।

सादा पोसाकका प्रहरीका अलावा एसएसबी, उत्तर प्रदेश प्रहरी, रेल्वे प्रहरी र सीमामा क्रियाशील गुप्तचर एजेन्सीसमेत सक्रिय रूपमा खटिएका छन् ।



प्रतिक्रिया दिनुहोस्