Logo

श्रीखण्ड, रक्तचन्दनलगायतको मूल्य तोकियो



काठमाडौं, साउन २२ । मूल्य निर्धारण समितिले बहुमूल्य जडीबुटी श्रीखण्ड, रक्तचन्दनलगायतको मूल्य तोकेको छ ।

जसअनुसार प्रतिकेजी श्रीखण्डको रु तीन हजार, रक्तचन्दनको रु दुई हजार, कपुरको दुई हजार ५००, तेजपत्ताको रु एक हजार तथा लप्सी, टिमूर र बकाइनोको रु ३००÷३०० तोकिएको छ । रुद्राक्ष प्रतिगोटाको रु २००, सर्पगन्धको रु ५०० तोकिएको छ ।

त्यस्तै, बिरुवाका लागि दाँते ओखर प्रतिगोटाको रु २५, उन्नत जातको चिली प्रतिगोटाको रु १०० निर्धारण गरिएको जिप्रकाले जनाएको छ ।रासस



प्रतिक्रिया दिनुहोस्