Logo

अझै पनि



ज्ञान खत्री

बिगतका ती तिम्रा स्पर्शहरुले
मलाई घोचिरहेछ
जलनहरुले तड्पाइरहेछ
उषा किरणको लालीसंगै
तिम्रा यादहरु सदा सदा
जिउँका तिउ बिउँझिरहेछन
तिम्रो न्यानोपनले आज पनि
हर गल्लिहरुमा
हर फुलहरुमा
हर चाेटका प्रहारहरुमा
मेरो मन खोज्न भौतारिरहेछ

तर, आज तिमी छौ कहाँ
नेपथ्य बाट तिमिलाइ खोजिरहेछु
तिमीलाइ हेरिरहेछु
ती तिम्रा लामा केसरासीहरुले
मलाई पल-पल खोजिरहेछ
सम्झन्छु, तिम्रो ललाटदेखिको सिउँदो
रङिएको छ या छैन !
अनभिज्ञ छु अझ मुक भाषामा
अझै पनि बर्बरै रहेछु l

तिम्रा ती सुडौल हातहरुमा
छिन छिन चुराहरु
बजेका छन या छैनन
कल्पनाको सागरमा डुबिरहेछु
आखिर भय भरको माया
दिएकै थिए तिमिलाइ
त्यसलाई लत्याएको हो भन्ने
निश्कर्षमा छु आज म
तिम्रा ती मुस्कान हाँसो र खित्काहरु
सब सब कपटपूर्ण रहेछन
धोका त त्यसैबेला पाएको रहेछुनी!
राम राम!!
बुझाइ मेरो गलत रहेछ
सपना र तृष्णाहरु मात्र रहेछन

बेकारका थैलिहरु बुनिरहेको रहेछु तिमिसग
ती बाचाहरु सब झुठो रहेछन
मायाका ती हाउ भाउ र कटाक्षहरु
सब , सब बेकार रहेछन

तैपनी आज म
सन्ध्याको सुर्यस्तको झ्याउकिरी संगै
उषाको लाली सगै
एकसुरुमा या बेसुरमा
एकाग्र सम्झिरहेछु तिमीलाइ नै
सम्झिरहेछु निरन्तर निरन्तर!

 

बार डान्सरको व्यथा

 



प्रतिक्रिया दिनुहोस्