Logo

कोरोना बन्यो भयावह, आज सर्वाधिक एक हजार १६ कोरोना संक्रमित



काठमाडौं, २ भाद्र । नेपालमा कोरोना भाइरसको महामारी भयावह बनेको छ । आज अहिलेसम्मकै सर्वाधिक १ हजार १६ जना संक्रमित थपिएसँगै अवस्था भयावह बनेको हो ।

एकै दिन एक हजारभन्दा बढी संक्रमित थपिएपछि त्रास बढेको छ । अलिहेसम्म कुल संक्रमितको सख्या २८ हजार २ सय ५७ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म १७ हजार ५ सय ८० जना संक्रमणमुक्त भएका छन् । आज ८५ जना संक्रमणमुक्त भएको डा. गौतमले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्