Logo

बिहीवार एकैदिन ७०७ कोरोना संक्रमित थपिए



काठमाडौं, ४ भाद्र। नेपालमा कोरोना भाइरसका आज ७ सय ७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २९ हजार ६ सय ४५पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आज २६४ जना संक्रमणमुक्त भएको डा. गौतमले जानकारी दिए । आजसम्म १७ हजार ९ सय ६४ जना संक्रमणमुक्त भएका छन् ।



प्रतिक्रिया दिनुहोस्