Logo

आज ८३८ कोरोना संक्रमित थपिए, २५० जना डिस्चार्ज



काठमाडौं, ५ भाद्र । नेपालमा कोरोना भाइरसका आज ८ सय ३८जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ३० हजार ४ सय ८३पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म १८ हजार २ सय १४ जना संक्रमणमुक्त भएका छन् । आज २५० जना संक्रमणमुक्त भएको डा गौतमले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्