काठमाडौं, ७ भाद्र । नेपालमा कोरोना भाइरसका आज ८ सय १८ जना संक्रमित थपिएका छन् । योसँगै देशभर कुल संक्रमितको सख्या ३१ हजार ९ सय ३५ पुगेको छ ।
आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् । आजसम्म १८ हजार ६ सय ३१ जना संक्रमणमुक्त भएका छन् । आज २८१ जना संक्रमणमुक्त भएको डा. गौतमले जानकारी दिए ।