१२ भदौ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आँधी प्रभावित क्षेत्रको पछिल्लो अवस्थाबारे अध्ययन गर्न जाने बताइएको छ । उनले ती प्रभावित क्षेत्रको यसै हप्ताको अन्त्यसम्ममा भ्रमण गर्ने समाचारमा जनाइएको हो ।
उनले आँधीका कारण सो क्षेत्रमा तत्काल भ्रमण गर्नका लागि आफूले रिपब्लिकन पार्टीको राष्ट्रिय भेलालाई गर्न लागेको सम्बोधनको कार्यक्रम पछि सार्न खोजेको बताएका थिए।
उनले आँधी निकै ठूलो भएकोले तत्काल जान नसकिएको भन्दै अब भने कमजोर भएकोले अब छिट्टै गइहाल्ने बताए ।
अमेरिकाका लुजियाना र टेक्सासमा करिब २४० किलोमिटर प्रतिघण्टाको गतिमा आएको हावाहुरीले निकै क्षति पु¥याएको समाचारमा जनाइएको छ ।यो आँधीले पाँच लाख घरपरिवारमा बिजुलीको आपूर्ति अवरुद्ध भएको छ भने एउटा औद्योगिक रसायन कारखानामा पनि आगलागी भएको जनाइएको छ ।
समाचारका अनुसार अहिले सो आँधी कमजोर बनेको बताइएको छ । अमेरिकामा आएको यो शक्तिशाली समुद्री आँधीका कारण लुइजियाना राज्यमा बढी क्षति पुगेको बताइएको छ ।
‘लोरा’ नामक आँधीले पु¥याएको क्षतिको आँकलन गर्ने काम भइरहेको बताइएको छ । लुइजियानास्थित एक रसायन कारखानामा आगलागी भएपछि स्थानीय मानिसहरूलाई त्यहाँ सतर्क रहन भनिएको छ ।-एएनआई/Photo: Agency