Logo

आज ठुलो सख्यामा कोरोना संक्रमित थपिए, कुल संक्रमित ३६ हजार नाघ्यो



काठमाडौं, १२ भाद्र । आज पनि काठमाडौं उपत्यकासहित देशभर ठुलो सख्यामा कोरोना संक्रमित थपिएका छन् । आज थपिएकासँगै कुल संक्रमित संख्या ३६ हजार नाघेको छ । पछिल्लो २४ घन्टाभित्र संक्रमणबाट मृत्यु हुनेहरु बढेका छन् ।

देशका विभिन्न अस्पताल र प्रदेशहरुबाट प्राप्त विवरण अनुसार सयौको सख्यामा संक्रमित थपिएको जानकारी प्राप्त भएको हो । आज थपिएको संख्यासँगै कुल संक्रमित संख्या ३६ हजार नाघेको छ । हिजोसम्म कुल संक्रमितको सख्या ३५ हजार ५ सय २९ पुगेको थियो ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्या १८३ पुगेको औपचारिक जानकारी रहेको छ । आज थपिएकासँगै मृतक संख्या  १८८ नाघेको छ । यसको औपचारिक पुष्टि स्वास्थ्य मन्त्रालयले गर्न बाँकी छ ।

 



प्रतिक्रिया दिनुहोस्