Logo

आज ९२७ जना कोरोना संक्रमित थपिए



काठमाडौं, १२ भाद्र। नेपालमा कोरोना भाइरसका आज ९ सय २७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ३६ हजार ४ सय ५६ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म २० हजार २ सय ४२ जना संक्रमणमुक्त भएका छन् । आज १६९ जना संक्रमणमुक्त भएको डा. गौतमले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्