काठमाडौं, १५ भाद्र । नेपालमा कोरोना भाइरसको संक्रमित र मृतको एकै दिन उच्च संख्या थपिएपछि अन्तर्राष्ट्रिय चासो समेत बढेको छ । आइतबार एकै दिन १२ सय २१ संक्रमित थपिंदा १४ जनाको मृत्यु पुष्टि भएको थियो । यो अहिलेसम्मकै एकै दिनको सर्वाधिक संख्या हो ।
नेपालमा कोरोना संक्रमित र मृतकको संख्या ह्वात्तै बढ्न थालेपछि चीनले पनि चासो देखाएको छ । चिनियाँ विदेश मन्त्रालयको धारणा सार्वजकि गर्ने ग्लोबल टाइम्सले नेपालको कोरोना संक्रमितको वृद्धिदरबारे खबर प्रकाशित गरेको छ । सिन्ह्वाको समाचारलाई ग्लोबल टाइम्सले प्रकाशित गरेको हो ।
खबरमा नेपालमा कोरोना संक्रमितको वृद्धि दर र मृतक संख्याको तथ्यांक दिइएको छ । अहिलेसम्म २ सय २१ को संक्रमणबाट मृत्यु हुनाको साथै ३८ हजार ५ सय ६१ जना संक्रमित भएको उल्लेख छ ।