Logo

पर्सा, बारा, रौतहटका ११० जनामा कोरोना संक्रमण पुष्टि



वीरगंज, १८ भदौ । वीरगंजमा बिहीवार ११० जनामा कोरोना संक्रमण भएको नारायणी अस्पताल प्रयोगशालाले जनाएको छ ।  बिहीवार राति नारायणी अस्पतालको पिसिआर प्रयोगशालाले दिएको जानकारी अनुसार पर्सा, बारा र रौतहटका ११० जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको छ ।

पर्सा, बारा र रौतहटका विभिन्न स्थानबाट ल्याइएको ५७६ वटा स्वाबको नमूनाहरू परीक्षण गर्दा थप १ सय १० जनामा सङ्क्रमण पुष्टि भएको छ जसमध्ये पर्साका ६९ जना, बाराका २४ जना र रौतहटका १७ जनामा कोरोना संक्रमण भएको नारायणी अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले जनाए । संक्रमितहरुमा डेढ वर्षको बालकदेखि ८० वर्षको वृद्धसम्म रहेका अस्पतालले जनाएको छ ।  सिटी भ्यालु २४ भन्दा कम भएका ३४ जना संक्रमित रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्