Logo

उपत्यकामा आज ४०८ जना कोरोना संक्रमित थपिए



काठमाडौं, २० भाद्र । काठमाडौं उपत्यकामा आज एकै दिन ४  सय ८ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १ हजार ४१  जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै  ४ सय ८ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले  १२ हजार  ४ सय   ७३ जनाको पिसीआर परिक्षणमा १ हजार ४१ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा १५६६  जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या २७  हजार ४  सय  २७ रहेको छ । काठमाडौं  उपत्यकामा थपिएका मध्ये काठमाडौंका  ३२६ जना र ललितपुरका ३७ जना र भक्तपुरका ४५  जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या ४५ हजार २  सय ७७ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्