काठमाडौं, २१ भाद्र । सरकारले काठमाडौं उपत्यका प्रवेश गर्ने र बाहिरिने नाकामा सेना परिचालन गर्ने संकेत मिलेको छ । यसका लागि जिम्मेवार निकायबाट सुझाव समेत दिइसकिएको छ ।
कोरोना भाइरसको जोखिमसँग जुध्न नाकामा सेना परिचालनको सुझाव दिइएको हो । आज काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यका प्रवेश गर्ने नाकाहरुमा सेना खटाउनुपर्ने बताएका हुन् ।
प्रतिनिधिसभाको शिक्षा समितिअन्तर्गत उपसमितिको आइतबारको बैठकमा प्रजिअ दाहालले नाकामा सेना परिचालन गनुपर्ने सुझाव दिएका हुन् । उनले नाका ठप्प पार्न नहुने भन्दै सेना परिचालन गरी कडाईका साथ व्यवस्थापन गर्नुपर्ने बताएका हुन् ।
दाहालले कोभिड १९ संकट व्यवस्थापन सेन्टरमा समेत सुझाव पठाएको उल्लेख गरे । निषेधाज्ञाका कारण मानवीय संकट बढेको र भोकमरीको खतरा भएको समेत बताए ।