Logo

आज १२ सय ४६ कोरोना संक्रमित थपिए, १८१८ जना डिस्चार्ज



काठमाडौं,  २५ भाद्र । नेपालमा कोरोना भाइरसका आज १२ सय  ४६ जना संक्रमित थपिएका छन् ।  योसंगै कुल संक्रमितको सख्या ५० हजार  ४ सय ६५ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म ३५ हजार  ७ सय  संक्रमणमुक्त भएका छन् । आज १८ सय १८ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्