Logo

अहिलेसम्मकै सर्वाधिक २०२० जना कोरोना संक्रमित थपिए



काठमाडौं,  २ असोज । नेपालमा कोरोना भाइरसका आज २ हजार २०  जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ६१ हजार  ५ सय ९३ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म ४३ हजार ८ सय २० जना संक्रमणमुक्त भएका छन् । आज ८७१ जना संक्रमणमुक्त भएको डा।गौतमले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्