Logo

पेस्तोल र गोली सहित २ पक्राउ



बाँके, २० असोज । दुई थान नलकटुवा पेस्तोल र पाँच राउण्ड गोली सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नरैनापुर गाउँपालिका स्थित मटेहिया सर्वराजपुरुवा भन्ने ठाउँबाट २ थान नलकटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने ५ राउण्ड गोली सहित २ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा नेपालगंज उपमहानगरपालिका मनिकापुरका सलिम नाँउ र नेपालगंज बासुदेबपुरका ईब्राहिम बेहना रहेका छन् ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भगवानपुरबाट गएकोे प्रहरीले उनीहरूलाई जाँच गर्ने क्रममा उक्त हतियार सहित फेला पारी पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्