Logo

क्याफेमा तास खेल्ने जुवाडे पक्राउ



काठमाडौं, २१ असोज । तास खेलिरहेको अवस्थामा ६ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । काठमाडौं बाफलमा बौद्ध बस्ने रामेछाप घर भएका नारायण श्रेष्‍ठको सेन्टर फुड क्याफेमा तास खेलिरहेको अवस्थामा श्रेष्ठ समेत ६ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

उक्त क्याफेभित्र तास खेलिरहेका खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख १८ हजार ७ सय २५ रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्