Logo

अमेरिकी अर्थशास्त्रीहरु मिलग्रोम र विल्सनलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार



एजेन्सी, २६ असोज । यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्रीहरु पाउल मिलग्रोम र रोबर्ट विल्सनलाई दिने घोषणा भएको छ । सोमबार स्वीडिस एकेडेमी अफ साइन्सेले लिलामी बारेको सिद्धान्तमा योगदान गरेवापत् उनीहरुलाई पुरस्कार दिने घोषणा गरेको जनाएको छ ।

मिलग्रोम र विल्सन दुवै क्यालिफोनिर्यास्थित स्टानर्डफोर्ड विश्वविद्यालयका प्राध्यापक हुन् । उनीहरुले लिलामी बारेको सिद्धान्तले कसरी कार्य गर्छ भन्नेमा सुधार गरेका थिए ।

पुरस्कार प्राप्त गरेका दुवैले ११ लाख डलर बाँड्नेछन् । यसअघि नोबेल शान्ति पुरस्कार, साहितय, भौतिकशास्त्र, रसायनशास्त्र र मेडिसिनतर्फको नोबेल पुरस्कार घोषणा भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्