Logo

२४ घन्टामा थपिए ४३ सय ९२ कोरोना संक्रमित



काठमाडौं,३० असोज । नेपालमा कोरोना भाइरसका आज ४३ सय ९२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख २६ हजार १ सय ३७  पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म ८८ हजार ४० जना संक्रमणमुक्त भएका छन् । आज ३५२२ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्