Logo

नेपालमा फेरी भारतको ‘माइक्रो म्यानेजमेन्ट’ सुरु भयो : नारायणकाजी श्रेष्ठ



कात्तिक १०, काठमाण्डौ । सत्तारुढ दल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी ओलीले भारतका गुप्तचर संस्थाका प्रमुखसँग भेट्नु गलत भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले परराष्ट्रमन्त्रालयका प्रतिनिधीविना भारतको जासुसी संस्था रअका प्रमुख सामन्तकुमार गोयलसँग भेट गर्नु विधि र परम्परा विपरित भएको श्रेष्ठको भनाई छ । गोयल भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दुत भएर आएको भए पनि पूर्वजानकारी हुनुपर्नेमा त्यसो नगरिएकोमा श्रेष्ठले आपत्ति प्रकट गरेका छन् ।

कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै श्रेष्ठले विगतमा भारतले नेपालमा सुुक्ष्म हस्तक्षेप गरे पनि त्यसको अन्त्य भएका बेला फेरी गोयलको भेटले हस्तक्षेप सुरु भएको टिप्पणी गरे ।

नेकपा कर्णाली प्रदेशको विवाद समान्य भए पनि केन्द्रमा पार्टीको निर्णय ओलीले पालना नगर्दा समस्या देखिएको उहाँको भनाई छ । श्रेष्ठले कर्णाली प्रदेशको विवाद प्रदेशकै अधिकारअन्तरगत रहेको पनि बताए ।

श्रेष्ठले सरकार संचालनका क्रममा ओलीले धेरै कमजोरीहरु गरेको आरोप पनि लगाएका छन् ।



प्रतिक्रिया दिनुहोस्