बाँके, कार्तिक १७ । बाँकेस्थित भेरी अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९का ४८ वर्षीय पुरुष र नेपालगन्ज उपमहानगरपालिका–१७ जयसपुरका ७० वर्षीया महिलाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
४८ वर्षीय पुरुषमा असोज १० गते कोरोना पुष्टि भएको थियो भने असोज १३ गते कोरोना पोजिटिभ देखिएको थियो । महिलाको सोमबार बिहान मृत्यु भएको हो ।