Logo

प्रचण्ड र माधव नेपालले गरे कानून व्यवसायीहरुसँग परामर्श, प्रचण्ड बालुवाटारमा



काठमाडौं, २० कार्तिक । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपालले आज कानूनविद्हरुसँग परामर्श गरेका छन् । पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेलामा दाहाल र नेपालले कानून व्यवसायीहरुसँग पार्टी कार्यालय पेरिसडाँडामा परामर्श गरेका हुन् । उक्त छलफलमा दाहाल–नेपालनिकट प्रभावशाली नेतचाहरुको पनि सहभागिता रहेको थियो ।

ओलीसँग वारपार गर्न दाहाल बालुवाटारमा

मन्त्रीहरुसँग प्रधानमन्त्री ओलीको ब्रिफिङ : पार्टीभित्रैबाट सरकारमाथि चौतर्फी हमला भयो !

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै अब ‘अलग अलग हाऔ’ भनेर अध्यक्ष दाहालसँग प्रस्ताव गरेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको हो । सोही सन्दर्भमा दाहाल र नेता नेपालले आज कानून व्यवसायीहरुसँग प्रधानमन्त्री ओलीले चाल्न सक्ने सम्भावित कदमबारे छलफल गरेका हुन् । File Photo



प्रतिक्रिया दिनुहोस्