Logo

ओली भेट्न माधव नेपाल बालुवाटारमा, साथमा रावल, पाण्डे र पन्तपनि



काठमाडौं, २३ कार्तिक । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । नेकपानिकट एक नेताले दिएको जानकारी अनुसार प्रधानमन्त्री ओली भेट्न नेता नेपाल स्थायी कमिटी सदस्यहरु डा. भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई लिएर गएका छन् । पार्टीभित्र विवाद चर्किरहेको बेलामा नेता नेपाल ओलीसँग वार्ता गर्न बालुवाटार पुगेका हुन् । हिजोमात्रै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले अध्यक्ष ओलीसँग भेटवार्ता गरेर पार्टीको बैठक बोलाउन लिखित रुपमै आग्रह गरेका थिए । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्